ग्लोबल आइएमई बैंकको शेयरमूल्य समायोजन


  • KBL News Ad
  • ADBL
  • City Express
ग्लोबल आइएमई बैंकको शेयरमूल्य समायोजन

मंसिर १३, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सोमवार ग्लोबल आइएमई बैंक लिमिटेडको बोनस शेयरको मूल्य समायोजन गरेको छ ।

नेप्सेले १० प्रतिशत बोनस शेयरको समायोजनपछि शेयरमूल्य रू. ३३२ तोकेको छ ।

कम्पनीको अघिल्लो कारोबारको दिन अर्थात् आइतवार कायम अन्तिम शेयरमूल्य रू. ३६५ दशमलव २० को आधारमा शेयरमूल्य समायोजन भएको हो ।

कम्पनीले लाभांश तथा साधारण सभा प्रयोजनार्थ सोमवार बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरेको हो ।

कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई १० प्रतिशत बोनस शेयर र ३ दशमलव ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

Read More
  • EBL Ad news