बीमा व्यवसाय ध्वस्त पार्दै बीमा समिति, व्यवसायी भन्छन्– ‘यो फिर्ता हुनुपर्छ’


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
बीमा व्यवसाय ध्वस्त पार्दै बीमा समिति, व्यवसायी भन्छन्– ‘यो फिर्ता हुनुपर्छ’

काठमाडौं । बीमाको सिद्धान्त विपरित बीमा समितिले पुनर्बीमा स्वदेशमा नै राख्नुपर्ने निर्देशन जारी गरेपछि यसको विरोध शुरु भएको छ । बीमा समितिका पूर्व एक अध्यक्षले बीमाको विश्वव्यापी सिद्धान्त विपरित एकै देशमा सम्पूर्ण पुर्नबीमा गराउनु पर्ने बाध्यकारी निर्देशन समितिले जारी गर्नु हास्यासपद भएको बताए ।    

उनले भने, ‘बीमाको सिद्धान्त अनुसार एउटै क्षेत्र एउटै देशमा समेत पुनर्बीमा गराउन मिल्दैन । बीमा समितिले त नेपालमा भर्खर संस्थागत हुन लागेका पुनर्बीमा कम्पनीहरुमा नै शतप्रतिशत बीमा गराउनु भन्नु सरासर गलत हो ।’ नेपालबाट हुने पुनर्बीमा दाबीको ८० प्रतिशत रकम नेपालमा नै आउने गरेको उनले बताए । 

नेपाल बीमक संघका अध्यक्ष तथा शिखर ईन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दिप प्रकाश पाँडेले यो निर्देशन बीमाको सिद्धान्त विपरित आएको हुनाले फिर्ता हुनु पर्ने बताए । उनले भने, ‘नेपालमा नै शतप्रतिशत पुनर्बीमा गराउनलाई नेपालका पुनर्बीमा कम्पनीहरु सक्षम भइसकेका छैनन । यो व्यवहारी र व्यवसायीक छैन । त्यसैले फिर्ता हुनुपर्छ ।’ 

Read More
  • MBL - below news