हकप्रद शेयर निष्कासन गर्ने तयारीमा रहेको समृद्धि फाइनान्सको शेयरमूल्य ९.२३ % ले वृद्धि


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
हकप्रद शेयर निष्कासन गर्ने तयारीमा रहेको समृद्धि फाइनान्सको शेयरमूल्य ९.२३ % ले वृद्धि

मंसिर ९, काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीवार बजार खुलेको साढे दुई घण्टाको अवधिमासमृद्धि फाइनान्सको शेयरमूल्य ९ दशमलव २३ प्रतिशतले वृद्धि भएको छ ।

कारोबारमा आएका २२७ ओटा धितोपत्रमध्ये समृद्धि फाइनान्सको धितोपत्र मूल्य ९ शदमलव २३ प्रतिशतले वृद्धि भएको छ । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू.५६८ पुगेको हो । 
कम्पनीले २ बराबर १ अनुपातमा  हकप्रद शेयर निष्कासन गर्ने तयारीमा रहेकाले पनि लगानीकर्ताको आकर्षण भएको देखिएको छ ।

कम्पनीले उक्त हकप्रद शेयर निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिइसकेको छ । धितोपत्र बोर्डबाट स्वीकृती पाएपछि कम्पनीले २७ लाख २९ हजार ७०५ कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ । विक्री प्रबन्धकमा बिओके क्यापिटल लिमिटेड रहेको छ । 

Read More
  • MBL - below news
  • EBL Ad news