ग्लोबल आइएमइ बैंकका ग्राहकलाई मोबाइल बैंकिङ एप्लिकेसन चलाउन इन्टरनेट निःशुल्क


  • KBL News Ad
  • ADBL
  • City Express
ग्लोबल आइएमइ बैंकका ग्राहकलाई मोबाइल बैंकिङ एप्लिकेसन चलाउन इन्टरनेट निःशुल्क

ग्लोबल आइएमइ बैंकले मोबाइल बैंकिङ एप्लिकेसन ‘ग्लोबल स्मार्ट र ग्लोबल स्मार्ट प्लस’ चलाउन निःशुल्क मोबाइल डाटा उपलब्ध गराउने भएको छ।

यस विषयमा ग्लोबल आइएमइ बैंक र नेपाल टेलिकमबीच समझदारी पत्रमा मंगलबार हस्ताक्षर सम्पन्न भएको छ। 

समझदारी पत्रमा ग्लोबल आइएमई बैंकको बजार तथा व्यवसाय प्रवद्र्धन प्रमुख शान्ता शिवाकोटी र नेपाल टेलिकमको तर्फबाट प्रमुख व्यापार अधिकृत संगीता पहाडीले हस्ताक्षर गरे।

डिजिटल बैंकिङको क्षेत्रमा ग्लोबल आइएमइ बैंकको यो नयाँ पहल हो। यो सुविधा नेपाल टेलिकमको सिम भएका ग्राहकहरुलाई उपलब्ध हुनेछ। 

Read More
  • EBL Ad news