‘वान लिंक’बाट पैसाको कारोबार गर्न मिल्ने


  • KBL News Ad
  • ADBL
  • City Express
‘वान लिंक’बाट पैसाको कारोबार गर्न मिल्ने

नेपाल पेमेन्ट सोलुसन्स्को ‘वान लिंक’ नामक पेमेन्ट सर्भिस पहिलो पटक सिद्धार्थ बैंक लिमिटेडबाट सुरू भएको छ । यो सेवा सुचारु भएसँगै अब ग्राहकहरुले लिंकबाटै पैसा तिर्न र लिन सक्ने भएका छन् ।

अब सेवाग्राहीले ‘वान लिंक’बाट आफ्नो ग्राहकहरुलाई एसएमएस, इमेल, ह्वाट्एप र भाइबरबाटै लिंक पठाएर पैसाको कारोबार गर्न सक्ने बताइएको छ । यो सेवाले पैसाको कारोबार गर्न थप सहज बनाउने कम्पनीको दाबी छ ।

‘वान लिंक’मार्फत ग्राहकहरूले नेपालमा उपलब्ध सबै भुक्तानी माध्यम इ–बैंकिङ्ग, एम्बैंकिङ्ग, आइपीएस् कनेक्ट, कार्ड भुक्तानी र वालेट भुक्तानीहरूको विकल्प पाउने कम्पनीले बताएको छ । हाल सिद्धार्थ बैंकले सुरुमा क्रेडिट कार्डको बिल भुक्तानीका लागि यो सेवा सुरु भएपनि विस्तारै यसबाट ऋणको इएम्आई भुक्तानी गर्न मिल्ने सेवा पनि समेट्ने योजनामा कम्पनी छ ।

Read More
  • EBL Ad news