लक्ष्मी बैंकले आफ्नो सञ्जाल विस्तार गर्ने क्रममा आफ्नो आठौं एक्स्टेन्सन काउण्टर जनकपुुर उपमहानगरपालिका स्थित धनुषा जिल्ला अदालतमा स्थापना गरेको छ ।
यस नयाँ एक्स्टेन्सन काउण्टरको स्थापनाका साथै लक्ष्मी बैंकको सञ्जाल ५० जिल्लामा १३८ शाखा, ८ एक्स्टेन्सन काउण्टर, ५ हस्पिटल सेवा काउन्टर, १६८ एटीएम, २५०० भन्दा बढी रेमिटेन्स् एजेन्ट तथा ६३ शाखारहित बैंकिङ एजेन्टहरु पुगेको छ ।
बैंकले आफ्नो सेवा अझ सुदृढ अनि व्यापक बनाउने विश्वास राखेको छ । सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा, लघुवित्त, लगायतका वित्तीय सेवाहरुको बढ्दो मागलाई पूरा गर्न बैंकले नयाँ तथा वित्तीय पहुँच नपुगेका क्षेत्रहरुमा सक्रिय रुपमा सेवा विस्तार गर्दै आएको छ ।