१३.५ % लाभांश पारित गर्न ग्लोबल आइएमई बैंकले बोलायो १५ औं वार्षिक साधारण सभा


  • KBL News Ad
  • ADBL
  • City Express
१३.५ % लाभांश पारित गर्न ग्लोबल आइएमई बैंकले बोलायो १५ औं वार्षिक साधारण सभा

मंसिर २, काठमाडौं । ग्लोबल आइएमई बैंकले १५ औं वार्षिक साधारण सभा मंसिर २७ गते बोलाएको छ । 

कम्पनीले सभा बिहान १० बजे नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा हुने जानकारी दिएको छ ।सभाले १० प्रतिशत बोनस शेयर र ३ दशमलव ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । 

सभाले कम्पनीको पूँजी वृद्धिका लागि प्रबन्धपत्र, नियमावली संशोधनको क्रममा नियमन कारी निकायहरुबाट कुनै फेरबदल,परिमार्जन गर्न वा मिलाउन कुनै सुझाव निर्देशन भएमा सोही अनुरुप आवश्यक कार्य गर्न सञ्चालक समिलिाई पूर्ण अख्यितारी प्रदान गर्ने प्रस्ताव पनि पारित गर्नेछ । 

Read More
  • EBL Ad news