राष्ट्रिय बीमा संस्थानको नाफा ५२ % बढ्यो


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
राष्ट्रिय बीमा संस्थानको नाफा ५२ % बढ्यो

मंसिर २, काठमाडौं । राष्ट्रिय बीमा संस्थानले चालू आवको पहिलो त्रैमासिक वित्तीय विवरण बिहीवार सार्वजनिक गरेको छ । 

उक्त वित्तीय विवरण अनुसार कम्पनीको नाफा गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवमा ५२ प्रतिशत वृद्धि भएको हो । गत आवमा रू. १ करोड २ लाख ७२ हजार नाफा कमाएको कम्पनीले चालू आवमा बढेर रू. १ करोड ५६ लाख ४७ हजार कमाएको छ ।
 

चालू आवमा कम्पनीको आम्दानीमा वृद्धि भएकाले नाफा बढ्न टेवा पुगेको हो । गत आवको तुलनामा चालू आवमा कम्पनीको आम्दानी ३४ प्रतिशत वृद्धि भएको छ । 

कम्पनीले गत आवमा रू. १ करोड ८८ लाख ३८ हजार आम्दानी गरेकोमा चालू आवमा बढेर रू. २ करोड ५३ लाख ८८ हजार पुगेको हो । त्यसैगरी कम्पनीको चुक्तापूँजी रू. १८ करोड १० लाख रहेको छ भने जगेडामा रू. ३५ करोड ७७ लाख ७८ हजार र बीमा कोषमा रू. ३७ र्ब १४ करोड ३९ लाख सञ्चित रहेको छ ।

Read More
  • MBL - below news