सिभिल लघुवित्तको १०औं वार्षिक साधारण सभा आज, २०% लाभांश पारित हुँदै


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
सिभिल लघुवित्तको १०औं वार्षिक साधारण सभा आज, २०% लाभांश पारित हुँदै

कात्तिक २८, काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्थाको १०औं वार्षिक साधारण सभा आज (आइतवार) हुँदैछ ।

सभा बिहान ११ बजे बोगनभिल्ला इभेन्ट्स त्रिपुरेश्वरमा काठमाडौंमा हुने जानकारी गराएको हो । सभाले १९ प्रतिशत बोनस शेयर र १ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

साथै, सभाले आव २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै आव २०७८/७९ को लागि लेखापरीक्षणको नियुक्ती र निजको पारीश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

साधारण सभा प्रयोजनको लागि कम्पनीको शेयरधनीदर्ता पुस्तिका कात्तिक १४ गते बन्द भइसकेको छ । यस आधारमा कात्तिक ११ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।

Read More
  • MBL - below news