माछापुच्छ्रे बैंकको २३औँ वार्षिक साधारण सभा सम्पन्न, १४ प्रतिशत लाभांश पारित


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
माछापुच्छ्रे बैंकको २३औँ वार्षिक साधारण सभा सम्पन्न, १४ प्रतिशत लाभांश पारित

माछापुच्छ्रे बैंक लिमिटेडको २३ औँं वार्षिक साधारण सभा आज कार्तिक २६ गते शुक्रबार होटल पोखरा ग्राण्ड, पोखरामा सम्पन्न भएको छ । 

यस अवसरमा बैंकको आर्थिक वर्ष २०७७/७८ को  सञ्चालक समितिको वार्षिक प्रतिवेदन , लेखापरीक्षकको प्रतिवेदनसहितको २०७८ आषाढ मसान्तको वासलात तथा सोही मितिमा समाप्त भएको आर्थिक वर्ष २०७७/७८ को नाफा नोक्सान बाडँफाडँ, इक्विटीमा भएको परिवर्तनको विवरण तथा नगद प्रवाह विवरण लगायत सम्पूर्ण विवरणहरु पारित भएको छ ।

उक्त साधारण सभाले बैंकको आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन पारित गर्नुका साथै बैंकको सञ्चालक समितिले प्रस्ताव गरे अनुसार शेयरधनीहरुलाई हालको चुक्ता पूँजीको १४ प्रतिशत लाभांश   (०.७ प्रतिशत नगद र १३.३० प्रतिशत बोनस लाभांश) वितरण  गर्ने प्रस्ताव पारित गरेको छ ।

Read More
  • MBL - below news
  • EBL Ad news