हिमालयन बैंक र नेपाल क्लियरिङ हाउस बिच नेशनल पेमेन्ट स्वीच अन्तर्गतको नेपालपे क्यू आर सुविधा प्रदान गर्ने सम्झौता भएको छ। क्लियरिङ्ग हाउसले संचालनमा ल्याएको नेशनल पेमेन्ट स्वीचमा आवद्ध भई प्रथम चरणमा नेपाल पे क्यु आर संचालन गरी ग्राहकहरुलाई अत्याधुनिक डिजिटल भुक्तानी सेवा सुबिधाहरु उपलब्ध गराउन सम्झौता भएको बैंकले जनाएको छ ।
सम्झौतापत्रमा हस्ताक्षर गर्ने पहिलो बैंक हिमालयन बैंक भएकोले नेशनल पेमेन्ट स्वीचले ल्याएको यस सुबिधाले भुक्तानी प्रणालीलाई थप सहज बनाई विभिन्न बैंकिङ्ग कारोबार पुरा गर्न सकिने विश्वास बैंकले लिएको छ । ग्राहकहरुले नेपालपे क्युआर उपलब्ध भई संचालनमा ल्याउने सबै मर्चेन्टहरुबाट सहज र सरलरुपमा खरिद गरिएका वस्तु तथा सेवाहरुको क्युआर मार्पmत डिजिटल भुक्तानी गर्न सक्ने बैंकले जनाएको छ ।







