काठमाडौं । हिमालयन बैंक लिमिटेड र नेपाल क्लियरिङ्ग हाउस लिमिटेड बिच एक सम्झौता पत्रमा हस्ताक्षर भएको छ । नेपाल राष्ट्र बैंकबाट स्विकृत प्राप्त गरी नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले संचालनमा ल्याएको नेशनल पेमेन्ट स्वीचमा आवद्ध भई प्रथम चरणमा NEPALPAY QR संचालन गरी ग्राहकहरुलाई अत्याधुनिक डिजिटल भुक्तानी सेवा सुबिधाहरु उपलब्ध गराउन सम्झौता भएको हो ।
उक्त सम्झौतापत्रमा हस्ताक्षर गर्ने पहिलो बैंक हिमालयन बैंक भएकोले नेशनल पेमेन्ट स्वीचले ल्याएको यस सुबिधाले भुक्तानी प्रणालीलाई थप सहज बनाई विभिन्न बैंकिङ्ग कारोबार पुरा गर्न सकिने विश्वास बैंकले लिएको छ ।








