एक्सेल डेभलपमेन्ट बैंकको २४ लाख ३३ हजार कित्ता हकप्रद भर्ने समय अब ५ दिन मात्र बाँकी, फारम भर्न कहाँ जाने ?


  • KBL News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • City Express
एक्सेल डेभलपमेन्ट बैंकको २४ लाख ३३ हजार कित्ता हकप्रद भर्ने समय अब ५ दिन मात्र बाँकी, फारम भर्न कहाँ जाने ?

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकको हकप्रद भर्ने समय अब ५ दिन मात्र बाँकी रहेको छ । बैंकको २४ लाख ३३ हजार ३६३. ६७४२ कित्ता हकप्रद भर्ने समय अब ५ दिन मात्र बाँकी रहेको । लगानीकर्ताले कात्तिक २९ गतेसम्म हकप्रदमा आवेदन दिइसक्नुपर्नेछ ।

बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटलले कात्तिक २९ गतेसम्म भर्न पाइने जानकारी गराएको हो । यसअघि असोज २५ गतेदेखि कात्तिक १४ गतेसम्म हकप्रद भर्ने म्याद तोकिएको थियो । यो सेयरमा भदौ ३१ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले मात्र उक्त हकप्रदमा आवेदन दिन सक्नेछन् । बैंकले असोज २५ गतेदेखि हकप्रद सेयर बिक्री खुला गरेको हो ।

हकप्रदमा एनआइबिएल एस क्यापिटल तथा एक्सेल डेभलपमेन्ट बैंकका सम्पूर्ण शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । साथै आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयर सफ्टवेयरमार्फत आवेदन दिन सक्नेछन् । क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले बैंकलाई इक्राएनपी आइआर त्रिपल बी माइनस रेटिङ्ग प्रदान गरेको छ ।

Read More
  • EBL Ad news