प्राइम लाइफ इन्स्योरेन्सको साधारण सभा मंसिर १९ गते,१५.८७ प्रतिशत लाभांश प्रस्ताव


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
प्राइम लाइफ इन्स्योरेन्सको साधारण सभा मंसिर १९ गते,१५.८७ प्रतिशत लाभांश प्रस्ताव

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले १४औं वार्षिक साधारण सभा मंसिर १९ गते गर्ने भएको छ । सभा अग्रवाल भवन कमलपोखरी,काठमाडौंमा दिउँसो २ बजे गर्ने जानकारी गराएको हो । सभाल आव २०७६/७७ को नाफाबाट शेयरधनीलाई १५ दशमलव ८७ प्रतिशत बोनस शेयर वितरण गर्ने विशेष प्रस्ताव पारीत गर्नेछ । १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ८७ प्रतिशत नगद लाभांश गरेर कुल १५ दशमलव ८७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारीत गर्नेछ ।

साथै सभाले कम्पनीका अधिकृत पूँजीवृद्धि गरी ५ अर्ब रुपैयाँ कायम गर्ने ,जारी तथा चुक्ता पूँजी वृद्धि गर्न स्वीकृती प्रदान गर्ने,कम्पनीको शेयर लगानी अनुपात परिवर्तन गरी संस्थापक तर्फ ६० प्रतिशत तथा सर्वसाधारण तर्फ ४० प्रतिशत कायम गर्ने,सर्वसाधारण शेयरधनीको तर्फबाट सञ्चालक समितीमा प्रतिनिधित्व गर्ने दुई जना सञ्चालकको निर्वाचन गर्ने र स्वतन्त्र सञ्चालकको नियुक्ती अनुमोदन गर्ने लगायतका प्रस्ताव पारीत गर्नेछ ।

Read More
  • MBL - below news