प्रभु बैंकद्वारा १२.६३ प्रतिशत लाभांश प्रस्ताव


  • KBL News Ad
  • Prabhu Bank
  • ADBL
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
प्रभु बैंकद्वारा १२.६३ प्रतिशत लाभांश प्रस्ताव

काठमाडौं । प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्ष ०७७/७८ को मुनाफाबाट कुल १२ दशमलव ६३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।बैंकको मंगलवार बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजी रू. ११ अर्ब ३४ करोड ७० लाख ५७ हजारको आधारमा १२ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ६३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

बैंकको प्रस्तावित यो लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपश्चात आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ । बैंकले यस वर्ष गत वर्षभन्दा बढाएर लाभांश प्रस्ताव गरेको हो । गत वर्ष १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि बैंकले शून्य दशमलव ५३ प्रतिशत नगद लाभांश दिएको थियो ।

Read More

पढ्न छुट्यो कि ?

Prabhu Bank CEO Ashok Sherchan Arrested in Major Loan Misuse Case -
  • MBL - below news
  • Laxmi Sunrise Bank Ad