कोर बैंकिङ सफ्टवेयर स्तरोन्नति गर्दै राष्ट्रिय सहकारी बैंक


  • KBL News Ad
  • ADBL
  • City Express
कोर बैंकिङ सफ्टवेयर स्तरोन्नति गर्दै राष्ट्रिय सहकारी बैंक

काठमाडौं । राष्ट्रिय सहकारी बैंक लिमिटेडले कोर बैंकिङ सफ्टवेयर स्तरोन्नति गर्ने भएको छ । यसका लागि बैंकले कोर बैंकिङ सफ्टवेयर परिवर्तन गर्ने सम्बन्धमा सूचना प्रकाशित गरेको छ ।

सूचना अनुसार न्यूनतम पाँच वर्ष अनुभव भएका र हाल नेपालमा कम्तिमा दुईवटा बैंक तथा वित्तीय संस्थामा सञ्चालनमा रहेको सफ्टवेयर सेवाप्रदायकहरुले आवेदन गर्न सक्नेछन् 

हाल नेपाली बैंकिङ क्षेत्रमा अधिकांश वाणिज्य बैंकले विदेशी सफ्टवेयर प्रयोग गरिरहेका छन् भने विकास बैंकहरुले समेत आफ्नो सफ्टवेयरलाई स्तरोन्नती गर्ने क्रम बढ्दो छ ।

बैंकले हालै भुक्तानी सेवाप्रदायक/सञ्चालकसँग सम्झौता गरी सहकारी क्षेत्रमा डिजिटाइजेसन सम्बन्धी कार्य अगाडि बढाएको छ ।

Read More
  • EBL Ad news