तिहारको उपलक्ष्यमा एभरेष्ट बैंकले भावनात्मक र सन्देशमूलक भिडिओ सार्वजनिक गरेको छ।
नेपालमा अहिले अध्ययन तथा कामको सिलसिलामा धेरै जसो नेपालीहरू घरबाट टाढा रहन्छन्। यस्तो भौतिक दुरीलाई मेटाउँदै दाजुभाइ र दिदीबहिनीको सम्बन्धलाई अझ सुमधुर बनाई चाडवाड मनाउने सन्देश भिडिओ दिइएको बैंकले जनाएको छ।
यो भिडिओ एभरेष्ट बैंकको आधिकारिक " target="_blank">फेसबुक पेज वा युट्युब च्यानलमा गई हेर्न सकिन्छ।
यस बैंकमा हालसम्म करिब १२ लाख ग्राहक रहेका बैंकले जनाएको छ। साथै देशैभरि छरिएका १०५ शाखा संजाल, प्रादेशिक कार्यालय, १३८ एटिएम सहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट र एसएमएस बैकिङ सुबिधा प्रदान गर्दै आइरहेको छ।








