सिभिल लघुवित्त वित्तीयको थप ८ ओटा शाखा विस्तार


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
सिभिल लघुवित्त वित्तीयको थप ८ ओटा शाखा विस्तार

काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेड (सिभिल बैंक लिमिटेडको सहायक कम्पनी) ले थप ८ शाखा कार्यालयहरु विस्तार गरेको छ । संस्थाले महोत्तरीको परिकौली, बाँकेको कौशिलानगर, बर्दियाको खैरापुर, शाहीपुर र राजापुर, कैलालीको चुहा र लालपुर तथा कञ्चनपुर जिल्लाको कृष्णपुरमा नयाँ शाखा कार्यालयहरु विस्तार गरेको हो ।

काठमाडौंमा केन्द्रीय कार्यालय रहेको राष्ट्रिय स्तरको यस वित्तीय संस्थाले नयाँ खुलेको शाखाहरु सहित ७४ शाखा कार्यालयहरु मार्फत ३५ जिल्लामा लघुवित्तीय सेवाहरु प्रदान गर्ने संस्थाले जनाएको । संस्थाले यस सँगै सुदुरपश्चिम प्रदेशमा आफ्नो उपस्थिति जनाएको छ भने निकट भविष्यमा कर्णाली प्रदेशमा समेत शाखा कार्यालय विस्तार गरी लघुवित्तीय सेवाहरु प्रदान गर्ने लक्ष्य लिएको छ ।

Read More
  • MBL