कोभिड-१९ ले ग्रस्त बैंक तथा वित्तीय क्षेत्रमा सानिमा बैक लिमिटेडले गत आर्थिक वर्ष २०७७/७८ मा खुलेर खर्च गरेको छ ।
बैंकले जारी गरेको वार्षिक प्रतिवेदन अनुसार कर्मचारी खर्च साँढे १ अर्ब र संचालन खर्च अर्ब नजिक खर्च गरेको देखिएको छ । बैंकले गत आर्थिक वर्षमा प्रमुख कार्यकारी अधिकृत (सिइओ ) लाई तलव भत्ता र अन्य सुविधाहरु सहित १ कराेड ८४ लाख १५ हजार रुपैयाँ खर्च गरेको छ ।
बैंकको सिइओमा अहिले भुवन कुमार दाहाल रहेका छन् । त्यसैगरी बैंकले अन्य प्रमुख व्यवस्थापकहरुमा ३ अर्ब ८६ करोड ९२ लाख रुपैयाँ खर्च गरेको छ । यसमा हजारको हिसावकिताव राखिएको छैन । बैंकले गत आर्थिक वर्षमा व्यवस्थापनमा २ अर्ब २५ करोड ८३ लाख ११ हजार ६ सय ९५ रुपैयाँ खर्च गरेको छ । जसमध्ये, कर्मचारी तलव भत्ता तथा अन्य सुविधा बापत बैंकले गत वर्ष १ अर्ब ४३ करोड ९१ लाख ९६ हजार ७ सय ९३ रुपैयाँ खर्च गरेको छ ।








