काठमाडौं : एनआइसी एसिया बैंकको खुद नाफा चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १५.६४% ले बढेर १ अर्ब १८ करोड ६ लाख ९१ हजार रुपैयाँ पुगेको छ । पहिलो त्रैमासमा एनआइसी एसिया सबैभन्दा धेरै नाफा गर्ने वाणिज्य बैंक बनेको हो । यसले नबिल र ग्लोबल आइएमई बैंकलाई पछि पारेको हो । वितरणयोग्य नाफामा पनि आकर्षक सुधार भएको छ । वितरणयोग्य नाफा ३८१.१४% ले बढेर २२ करोड ४५ लाख २६ हजार रुपैयाँ पुगेको छ ।







