शाइन रेसुङ्गा स्मार्ट मार्फत सुरु भयो इसेवा मनी ट्रान्सफरको रेमिट्यान्स् सेवा


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
शाइन रेसुङ्गा स्मार्ट मार्फत सुरु भयो इसेवा मनी ट्रान्सफरको रेमिट्यान्स् सेवा

पछिल्ला दिनमा स्वदेश तथा विदेशमा व्यापक रुपमा कारोवार विस्तार गर्दै बजार हिस्सा बढाइरहेको इसेवा मनी ट्रान्सफर र शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकबीच रेमिट्यान्स् भुक्तानी सम्झौता भएको छ।  यस सम्झौतासँगै   अब विदेशबाट इसेवामनी ट्रान्सफर मार्फत पठाएको रेमिट्यान्स् शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकका नेपालमा रहेका कुनैपनि शाखाकार्यालयबाट भुक्तानी गर्न सकिनेछ ।

यसैगरी यस बैंकका खाता सञ्चालन भएका सम्पुर्ण ग्राहकहरुले विदेशबाट पठाएको रेमिट्यान्स् सिधै आफ्नो बैंक खातामा प्राप्त गर्न सकिनेछ । शाइन रेसुङ्गा स्मार्ट अर्थात यस बैंकको मोबाइल बैंकिङ्ग एप प्रयोग गरेर इसेवा मनी ट्रान्सफर मार्फत नेपालभरी रहेका इसेवाका नेटवर्क मार्फत जुनसुकै ठाउमा रेमिट्यान्स् पठाउन र जुनसुकै ठाउँवाट पठाएको रकम प्राप्त गर्न सकिनेछ ।

सम्झौतामा इसेवा मनी ट्रान्सफरका प्रबन्ध निर्देशक अजेस कोइराला र शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले हस्ताक्षर गरेका छन् । यस सम्झौता बमोजिम विदेशमा रहेका  नेपालीहरुले सिधै शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको खातामा पैसा पठाउन सकिनेछ र नेपालमा रहेका बैंकका ग्राहकहरुले सेवा उपभोग गर्न शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको मोबाइल एप डाउनलोड गरी त्यहाँ रहेको रेमिट्यान्स् आइकनमा जानु पर्ने हुन्छ।

Read More
  • MBL - below news