सानिमा बैंकको साधारण सभा आइतवार, १७ % बोनस शेयर पारित हुँदै


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
सानिमा बैंकको साधारण सभा आइतवार, १७ % बोनस शेयर पारित हुँदै

कात्तिक १२, काठमाडौं । सानिमा बैंकले १७ औंं वार्षिक साधारण सभा आइतवार बोलाएको छ ।

कम्पनीले सभा बिहान ११ बजे अम्रपाली ब्याँक्वेट बालुवाटारमा  हुने जानकारी दिएको छ ।

सभाले १७ प्रतिशत बोनस शेयर र शून्य दशमलव ८९ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । 
साथै सभाले यस बैंक कुनै बैंक तथा वित्तीय संस्थामा प्राप्ति वा मर्जर गर्न आवश्यक भएमा सम्पूर्ण कार्यहरु गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि शेयधरनीदर्ता पुस्तिका कात्तिक ७ गते एक दिन बन्द भइसकेको छ । 
यस आधारमा कात्तिक चार गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् । 

Read More
  • MBL - below news
  • EBL Ad news