उदयपुर । ग्लोबल आइएमई बैंक लिमिटेडले उदयपुरको कटारी बजारमा मंगलबारदेखि बैंकको नयाँ शाखा सञ्चालनमा ल्याएको छ । उदयपुर जिल्लाको कटारी नगरपालिका–३ स्थित कटारी बजारमा नयाँ शाखाको सञ्चालनसँगै बैंकको शाखा कार्यालयहरुको संख्या २८३ पुगेको छ ।
मुलुकभर तथा मुलुक बाहिर बैंकिङ सेवाको पहुँच पुर्याउने उद्देश्यले बैंकले ७६ जिल्लामा २८३ शाखा, २५१ एटीएम, २६० शाखारहित बैंकिङ सेवा, ४८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८४० भन्दा बढि सेवा केन्द्रबाट २६ लाख भन्दा बढि ग्राहकहरू माझ सेवा प्रदान गर्दै आएको छ ।