सन नेपाल लाइफको अभिकर्ता सम्मान तथा बिमा जागरण कार्यक्रम सम्पन्न


  • KBL News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • City Express
सन नेपाल लाइफको अभिकर्ता सम्मान तथा बिमा जागरण कार्यक्रम सम्पन्न

सन नेपाल लाइफले  कैलाली ,जिल्लाको धनगढी, अत्तरीया, सुखड, लम्की र टिकापुर तथा कञ्चनपुर जिल्लाको महेन्द्रनगर र पूनर्वासमा बीमा जागरण अभियान सञ्चालन गरेको छ ।

साथै कम्पनी को शाखा कार्यालय धनगढी र धनगढी शाखा अन्तरगत रहेका उपशाखा महेन्द्रनगर, झलारी, अत्तरीया बेलौरी,पूनर्वास, हसूलिया, मसुरिया, भजनी, सुखड, लम्की,टिकापुर बौनिया तथा राजापुरमा कार्यरत उत्कृष्ट अभिकर्ताअरुलाई सम्मान समेत गरेको छ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनि लिमिटेडका महाप्रबन्धक कमलराज गौतमको प्रमुख आतिथ्यमा सम्पन्न उत्त कायक्रमहरुको संयोजन सुदुरपश्चिम प्रदेश प्रमुख लक्ष्मीकान्त जैशीले गरेका थिए ।

देशैभर उत्कृष्ट शाखा सञ्जालबाट बीमा सेवा प्रदान गर्दे आएको यस कम्पनीले निकट भविष्यमा नै सर्वसाधारणलाई साधारण सेयर निष्कासन गर्ने प्रस्ताव पारित गरिसकेको छ । 

Read More
  • EBL Ad news