कात्तिक ७, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले आइतवार सानिमा बैंक र माछापुच्छ्रे बैंकको बोनस शेयरको मूल्य समायोजन गरेको छ ।
नेप्सेले सानिमा बैंकको १७ प्रतिशत बोनस शेयरको समायोजनपछि शेयरमूल्य रू. ४१७ तोकेको छ ।
कम्पनीको अघिल्लो कारोबारको दिन अर्थात् बिहीवार कायम अन्तिम शेयरमूल्य रू. ४८८ दशमलव ८० को आधारमा शेयरमूल्य समायोजन भएको हो ।
सानिमा बैंकले १७ प्रतिशत बोनस शेयर र शून्य दशमलव ८९ प्रतिशत नगद लाभांश (कर समेत) पारित गर्न कात्तिक १४ गते १७ औं वार्षिक साधारण सभा बोलाएको छ ।
कम्पनीले आम्रापाली ब्यांक्वेट, बालुवाटार, काठमाडौंमा बिहान ११ बजे शुरु सभा हुने जानकारी दिएको छ । कोभिड १९ महामारीको जोखिमका कारण साधारण सभामा सहभागी हुन इच्छुक शेयरधनीहरुलाई भिडियो कन्फ्रेन्स मार्फत जुम आईडि र पासकोड उपलब्ध गराउने व्यवस्था पनि गरेको छ ।








