ग्लोबलमा खाता खोल्दा डेटासहितको सिमकार्ड सित्तैमा


  • KBL News Ad
  • ADBL
  • City Express
ग्लोबलमा खाता खोल्दा डेटासहितको सिमकार्ड सित्तैमा

काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेड र एनसेल एक्जियाटा लिमिटेडबीच निःशुल्क सिमकार्ड उपलब्ध गराउने सम्झौता भएको छ । बैंकको ग्लोबल सहयात्री रेमिट्यान्स बचत खातावाल ग्राहकलाई ब्यालेन्स र मोबाइल बैंकिङ एप्लिकेसन ‘ग्लोबल स्मार्ट प्लस’ चलाउनका निम्ति डेटासहितको सहयात्री सिमकार्ड सित्तैमा उपलब्ध गराउने समझदारी भएको हो ।

सम्झौताअनुसार वैदेशिक रोजगारीका लागि विदेश जाने, वैदेशिक रोजगारीबाट फर्किएका नेपाली तथा उनीहरूका परिवार र बाह्य रेमिट्यान्समार्फत आय भएका नेपालीले ग्लोबल आइएमई बैंकमा ग्लोबल सहयात्री रेमिट्यान्स बचत खाता खोली निःशुल्क सहयात्री सिमकार्ड प्राप्त गर्न सक्ने जनाइएको छ ।

Read More
  • EBL Ad news