सिद्धार्थ बैंकले २०७८ कार्तिक देखि अनलाइन मार्फत मुद्दती खाता खोल्न सकिने व्यवस्था ल्याएको छ । बैंकले आफ्नो इजी बैंक प्लेटफर्म प्रयोग गरीे भौतिक रुपमा बैंकसम्म नपुगिकनै घरैबाट आवश्यक विवरण भरी सहज रुपमा अनलाइन मार्फत मुद्दती खाता खोल्नको लागि आवेदन दिन सक्ने जनाएको हो।
ग्राहकहरुले उक्त मुद्दती निक्षेप खातामा बैंकले प्रदान गर्दै आएका आकर्षक ब्याजदरहरुको फाइदा लिन सक्ने बैंकले जनाएको छ । पहिला यो सेवा बैंकको मोबाइल बैंकिङ्ग एप सिद्घार्थ स्मार्ट बैंकबाट मात्र प्रदान गर्दै आएको थियो । अब ग्राहकहरुले घरबाटै इजी बैंक वा स्मार्टबैंक प्रयोग गरी मुद्दती खाता खोल्न सक्ने बैंकले जनाएको छ ।







