असोज महिनाको ब्याजमा सनराइज बैंक आक्रामक हुँदा त्यसको प्रत्यक्ष अप्रत्यक्ष असर समग्र बैंकिंङ क्षेत्रमा देखिएको थियो। सनराइज बैंकले विकास बैंकले भन्दा पनि बढी मुद्दतीमा १०.५१ प्रतिशत ब्याज कायम गर्दा समकालिन बैंक मात्र नभई विकास बैंक र फाइनान्सको समेत व्यवसाय खोसिएको थियो।
तर कात्तिकमा आउदा सनराइज बैंक सम्हालिएर सिंगल डिजिटमा ब्याजदर कायम गरेपनि एनआईसी एसियाले बिगतमा झैं 'बाटो बिराएर' आक्रामक रुपमा ब्याज बढाएको छ। जसले गर्दा समग्र बैंकिंङ क्षेत्र नै अप्ठ्यारो अवस्थामा फसेको छ ।
बैंकहरुमै आक्रामक रुपमा व्यवसाय विस्तार गरिरहेको एनआईसी एसियाले ब्याजदर सहकारीले जस्तै वृद्धि गरेकाले आफुहरु पनि ब्याजदर बढाउँन बाध्य भएको एक बैंकका प्रमुख कार्यकारी अधिकृतले बिजपाटीलाई बताए ।