मेगा बैंकद्वारा बाराका किसानहरूलाई कृषि कर्जा तथा वित्तीय साक्षरता अभिमुखीकरण


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
मेगा बैंकद्वारा बाराका किसानहरूलाई कृषि कर्जा तथा वित्तीय साक्षरता अभिमुखीकरण

काठमाडौँ / मेगा बैंक नेपाल लिमिटेडले परम्परागत कृषि प्रणालीलाई आधुनिकीकरण गरी व्यवसायिक रूपमा कृषि कार्य गर्न रौतहट र बारा जिल्लाका किसानहरुलाई कृषि कर्जा तथा वित्तीय साक्षरताका सम्बन्धमा अभिमुखीकरण कार्यक्रम गरेको छ । 

मेगा बैंकले उर्बर नेपाल पब्लिक लिमिटेडसँगको सहकार्यमा वारा जिल्लाको महागढीमाई नगरपालिकाका किसानहरूलाई वित्तीय साक्षरता कार्यक्रम संचालन गरी बैंकको ब्याज अनुदानसहितको कृषि कर्जा, वचत, मेगा किसान कार्ड तथा अन्य सेवा सुविधाहरुको बारेमा जानकारी प्रदान गरेको हो । 

बैंकले वित्तीय साक्षरता कार्यक्रममार्फत तरकारी खेती एवं माछा मासु उत्पादनको पकेट क्षेत्रको रुपमा विकास भएको बाराका जिल्लाको महागढीमाईका किसानहरूलाई ब्यवसायिक भई कृषि कर्जाको उच्चतम् सदुपयोग गर्नुपर्ने सम्बन्धमा अन्र्तक्रिया समेत गरेको छ ।

Read More
  • MBL - below news