सानिमा बैंकको नयाँ शाखा कार्यालय काठमाडौंको गोकर्णेश्वरमा


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
सानिमा बैंकको नयाँ शाखा कार्यालय काठमाडौंको गोकर्णेश्वरमा

काठमाडौँ / सानिमा बैंक लिमिटेडले काठमाडौँको गोकर्णेश्वरमा नयाँ शाखा विस्तार गरेको छ। बैंकले असोज १९ गते गोकर्णेश्वरमा बैंक शाखा कार्यालय स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको हो । 

उक्त कार्यालयको उद्घाटन गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसेले गरेको बैंकले जनाएको छ । 

सो अवसरमा गोकर्णेश्वर मेयर चालिसेले गोकर्णेश्वरमा सानिमा बैंकको कार्यालय सञ्चालनमा आएकोमा बैंकलाई बधाई ज्ञापन गर्दै सबल अनि विश्वसनीय बैंकको रुपमा निरन्तर विस्तार हुन र थप सफलताको लागि शुभकामना व्यक्त गरे । 

त्यसैगरी बैंकका नायब प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डेले बैंकका ग्राहक तथा सरोकारवालाहरुलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गरे । 

सानिमा बैंकको देशका सातै प्रदेशमा १०९ कार्यालय र ९७ वटा ए.टि.एम. संचालनमा रहेका छन् । 

Read More
  • MBL - below news
  • EBL Ad news