नेपाल बंगलादेश क्यापिटलले लाभांश पारित गर्यो


  • ADBL
  • City Express
नेपाल बंगलादेश क्यापिटलले लाभांश पारित गर्यो

काठमाडौं । नेपाल बंगलादेश क्यापिटलको तेस्रो बार्षिक साधारण सभा सम्पन्न गरेको छ । सञ्चालक समितिबाट प्रस्ताव गरे अनुसार आर्थिक वर्ष २०७७÷७८ सम्मको संचित मुनाफाबाट कम्पनीका शेयरधनीहरुलाई २०७८ आषाढ मसान्तमा कायम रहेको चुक्ता पूँजीको १९ प्रतिशत नगद लाभांश ( २०,००,००,०००÷— रुपैयाँ) चुक्ता पूँजीको १९ प्रतिशतले हुन आउने रकम (३,८०,००,००० रुपैयाँ) कर सहित वितरण गर्ने प्रस्ताव पारित गरेको छ । 

सभाले आर्थिक वर्ष २०७७/०७८ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितको आषाढ ३१, २०७८ मा समाप्त भएको वर्षको वासलात, तथा सोही मितिमा समाप्त भएको आ.व. २०७७÷०७८ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण प्रस्ताव पारित गरेको छ । 

Read More