काठमाडौं : घोडीघोडा लघुवित्तको विशेष साधारण सभा शनिबार (असोज १६ गते) बस्दैछ । सभा होटल रुबस बैयाबेहडी धनगढी कैलालीमा बिहान ११.३० बसे सुरु हुनेछ । सभामा कम्पनीले युनिक नेपाल लघुवित्तसँग मर्ज हुने प्रस्ताव पेश हुनेछ । सभाले घोडीघोडाको १०० कित्ता सेयर बराबर युनिक नेपालको ५० कित्ता सेयर अनुपातमा मर्जर हुने प्रस्ताव पेश हुनेछ ।
यता, घोडीघोडा र युनिक नेपाल एक आपसमा मर्ज हुने भएपछि २०७७ कात्तिक २३ गते देखि घोडीघोडाको सेयर कारोबार रोक्का छ । घोडीघोडा लघुवित्त नेप्सेमा सूचीकृत कम्पनी हो भने युनिक नेपाल लघुवित्तले हालसम्म सर्वसाधारणमा सेयर जारी गरेको छैन ।