सानिमा बैंकको थप दुई नयाँ शाखा विस्तार


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
सानिमा बैंकको थप दुई नयाँ शाखा विस्तार

काठमाडौं । सानिमा बैंक लिमिटेडले शुक्रबार ललितपुरको सानेपा र हरिसिद्धिमा बैंक कार्यालय स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको छ । ललितपुर महानगरपालिका वडा नं २ का अध्यक्ष राजेश कुमार महर्जन र बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दहालले संयुक्त रुपमा सानेपा कार्यालयको उद्धघाटन गरेका हुन् ।   

सो समारोहमा बैंकको नयाँ कार्यालय स्थापना भएकोमा बधाई तथा शुभकामना व्यक्त गर्दै आगामी दिनमा सो क्षेत्रका स्थानीयलाई विशेष प्राथमिकतामा राखी वित्तीय सेवा प्रदान गर्न सुझाव दिए ।   

त्यस्तै, बैंकका नायब प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डेले हरिसिद्धि कार्यालयको उद्धघाटन गरेका हुन् । उक्त समारोहमा सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दहालद्वारा बैंकका ग्राहक तथा सरोकारवालाहरुलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गरे । 

Read More
  • MBL - below news
  • EBL Ad news