काठमाडौं । नेपालीहरुको महान पर्व बडा दशैंको अवसरमा सानिमा बैंकले ग्राहकहरुको लागि विशेष दशैं बम्पर योजना ल्याएको छ ।बैंकले रेमिट्यान्स मुद्दती खातामा १०.५१ प्रतिशतसम्म उच्च ब्याजदर मासिक रुपमा प्रदान गर्ने भएको हो ।
असोज १ गतेदेखि लागू भएको सो योजनामा विदेशबाट सानिमा एक्सप्रेस वा स्वीफ्ट मार्फत बैंकमा पठाएको रकमलाई रेमिट्यान्स मुद्दती खातामा परिमार्जन गर्दा बैंकले १०.५१ प्रतिशत सम्म उच्च ब्याजदर दिइरहेको छ ।







