मोरङ्ग । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लि.आयोजनामा मोरङ्ग जिल्लाको सुनवर्षी नगरपालिकाको अमरदहमा वित्तीय साक्षरता साथै सरसफाई कार्यक्रम सम्पन्न भएको छ । शाखा कार्यालय अमरदहले करिब १०० जना स्थानियहरुको सहभागितामा दुई दिने जनचेतनामुलक कार्यक्रम समापन गरेको हो । वित्तीय साक्षरता कार्यक्रम अन्तर्गत बचत, कर्जा, खर्च व्यवस्थापन, उद्यमशीलता, पैसाको महत्तव, नोटको जतन, वीमा, विप्रेषण, वित्तीय साक्षरताको महत्तव, बैंकका प्रकार, डिजिटल्याईजेशन लगाएतका विषयमा भिडियो तथा दुश्य सामाग्री प्रस्तुत्त गरिएको थियो ।