गोर्खाज फाइनान्स फेरि जोखिमतर्फ जाने खतरा, ललिता निवास काण्डका खापुङ अध्यक्षको आकांक्षी


  • KBL News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • City Express
गोर्खाज फाइनान्स फेरि जोखिमतर्फ जाने खतरा, ललिता निवास काण्डका खापुङ अध्यक्षको आकांक्षी

काठमाडौं । अनेकौँ काण्डहरूका कारण सधैँ चर्चामा रहने गोर्खाज फाइनान्स फेरी यस्तै अर्को काण्डवालाको कारण चर्चामा आएको छ। ती काण्डवाला हुन्, प्रेम बहादुर खापुङ जो अहिले गोर्खाज फाइनान्सको अध्यक्ष बन्न अनेकौँ दाउपेचका साथ लागि परेका छन्। अनि उनी मुछिएको चर्चित काण्ड हो, ललिता निवास काण्ड। 

त्यतिमात्र होइन विगतमा गोर्खा डेभलपमेन्ट बैंकलाई सिद्ध्याएर फाइनान्समा झार्ने दुष्कर्मको भारी बोकिरहेका उनै प्रेम बहादुर खापुङलाई अहिले पनि पुराना मतियारहरू धर्मकुमार राई र डिबी बञ्जनको साथ रहेको गोर्खाज फाइनान्ससम्बद्द स्रोतले बताएको छ। यसरी अनेकौँ घोटालामा मुछिएका र काण्डै-काण्डको पोको भन्न मिल्ने अवस्थामा रहेका व्यक्तिहरू फाइनान्सको नेतृत्वको इच्छा सहित सलबलाउन थालेपछि गोर्खाजका शुभचिन्तकहरूमा चिन्ता थपिएको हो।

Read More
  • EBL Ad news