नेपाल राष्ट्र बैंकद्वारा पुनरकर्जा कार्यविधि, २०७७ जारी (तेस्रो संशोधन पूर्णपाठ सहित)


  • KBL News Ad
  • ADBL
  • City Express
नेपाल राष्ट्र बैंकद्वारा पुनरकर्जा कार्यविधि, २०७७ जारी (तेस्रो संशोधन पूर्णपाठ सहित)

नेपाल राष्ट्र बैंकले  कोभिड–१९ ले अर्थतन्त्रमा पारेको प्रभावलाई सम्बोधन गरी उद्योग, पेशा, व्यवसायको पुनरुत्थानमा सहयोग पुर्याउन पुनरकर्जामा पहुँच अभिवृद्धि गरी विद्यमान पुनरकर्जा सुविधालाई थप व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यले नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ११० को उपदफा (३) ले दिएको अधिकार प्रयोग गरी यो कार्यविधि बनाइएको छ ।

केन्द्रीय बैंकले पुनर्कर्जा कार्यविधि, २०७७ मा तेस्रो संशोधनसहित लागू गरेको छ । नेपाल राष्ट्र बैंकले विद्युतीय भुक्तानी प्रणालीको समग्र इकोसिस्टमको विकास र प्रवद्र्धनमा लगानी गर्ने भुक्तानी सेवा प्रदायक तथा भुक्तानी प्रणाली सञ्चालक र सञ्चार सेवा प्रदायक संस्थाहरुलाई पनि विशेष पुनर्कर्जा प्रदान गर्नेगरी कार्यविधि संशोधन गरेको छ । ब्रोडब्याण्ड प्रवद्र्धन गरी दुर्गम स्थानहरुमा सेवा पुर्याउने इन्टरनेट सेवा प्रदायक संस्थाहरुलाई विशेष पुनर्कर्जा दिने भएको छ ।  विशेष पुनर्कर्जा सुविधा अन्तर्गत यस्ता संस्थाहरुले ३ प्रतिशत ब्याजदरमै ऋण पाउने केन्द्रीय बैंकले जनाएको छ । 

पुनरकर्जा कार्यविधि, २०७७ (तेस्रो संशोधन पूर्णपाठ सहित) 

Read More
  • EBL Ad news