बैंकहरुले भदौ १५ सम्मको नाफालाई आधार मानेर लाभांश घोषणा गर्न पाउने


  • KBL News Ad
  • ADBL
  • City Express
बैंकहरुले भदौ १५ सम्मको नाफालाई आधार मानेर लाभांश घोषणा गर्न पाउने

काठमाडौं : बैंक तथा वित्तीय संस्थाहरुले गत भदौ १५ गतेसम्मको नाफा–नोक्सान हिसाबलाई आधार मानेर गत आर्थिक वर्षको लाभांश घोषणा गर्न पाउने भएका छन् । लाभांश घोषणा गर्ने प्रयोजनका लागि २०७८ भदौ १५ गते भित्रका र बाह्य लेखापरीक्षकद्वारा एडजस्टिङ इभेन्ट्स हो भनी प्रमाणित गरेका इभेन्ट्सलाई समायोजन गरी हुन आउने नाफा–नोक्सान हिसाबलाई आधार लिई लाभांश स्वीकृति प्रदान गर्न सकिने नेपाल राष्ट्र बैंकले जनाएको छ ।

केन्द्रीय बैंकले ‘इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाको वार्षिक साधारण सभा प्रयोजनको लागि वित्तीय विवरण प्रकाशन गर्न सहमति प्रदान गर्ने तथा लाभांश स्वीकृत गर्ने सम्बन्धी कार्यविधि, २०७७’ मा पहिलो संशोधन गरी उक्त व्यवस्था गरेको हो ।

Read More
  • EBL Ad news