ईसेवा मनि ट्रान्सफरको ‘चाड पर्वको बहार, दिनदिनै उपहार’ योजना


  • KBL News Ad
  • ADBL
  • City Express
ईसेवा मनि ट्रान्सफरको ‘चाड पर्वको बहार, दिनदिनै उपहार’ योजना

काठमाडौं । ईसेवा मनि ट्रान्सफरले नेपालीहरूको महान चाड दशैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै ‘चाड पर्वको बहार, दिनदिनै उपहार’ योजना सार्वजनिक गरेको छ ।

यस योजनाअन्तर्गत ईसेवा मनि ट्रान्सफरमार्फत रेमिट्यान्स् पठाउने व्यक्तिमध्येबाट एक जना भाग्यशाली विजेताले हरेक दिन मिक्सर, हरेक हप्ता रेफ्रिजेरेटर, हरेक महिना स्मार्ट टिभी तथा बम्पर उपहारमा एक जनाले होण्डाको डियो स्कुटी जित्न सक्नेछन् ।

यस योजनामा सहभागी हुन विश्वभर रहेका दुई सयभन्दा बढी मुलुकबाट ईसेवा मनि ट्रान्सफरमार्फत रेमिट्यान्स पठाउनुपर्ने जनाइएकाे छ ।

यस्तै ईसेवा मनिका नेपालभर रहेका ८ हजार बढी एजेन्ट नेटवर्कमार्फत आन्तरिक रूपमा विप्रेषण पठाएमा पनि यस योजनामा सहभागी हुन सकिन्छ ।

यो योजना असोज २ गतेदेखि मंसिर २ गतेसम्म सञ्चालन हुनेछ । ईसेवा मनि ट्रान्सफरले डिजिटल तथा परम्परागत शैलिको माध्यमबाट ईसेवा वालेट तथा ६५ भन्दा बढी बैंक खातामा विप्रेषण रकम भित्र्याउँदै आएको छ ।

Read More
  • EBL Ad news