एनआइसी एसिया ग्रोथ फन्डको न्याभ ४ रुपैयाँ ३८ पैसाले घट्दा अन्य सूचक यस्तो


  • KBL News Ad
  • ADBL
  • City Express
एनआइसी एसिया ग्रोथ फन्डको न्याभ ४ रुपैयाँ ३८ पैसाले घट्दा अन्य सूचक यस्तो

काठमाडौं  : भदौ मसान्तसम्म आइपुग्दा एनआइसी एसिया ग्रोथ फन्डको प्रतिइकाई खुद मूल्य (न्याभ) १५ रुपैयाँ ८४ पैसा छ । फन्डको न्याभ अघिल्लो महिनाको भन्दा ४ रुपैयाँ ३८ पैसाले घटेको हो । अघिल्लो महिना यसको न्याभ २० रुपैयाँ २२ पैसा थियो । यसअवधिमा सूचीकृत कम्पनीको सेयरमा लगानी पनि घटेको छ ।
 

एक महिनामा सूचीकृत कम्पनीको सेयरमा लगानी १० करोड ४९ लाख ७२ हजार रुपैयाँले घटेर १ अर्ब ३ करोड ८४ लाख रुपैयाँमा सीमित भएको छ । साउनमा सूचीकृत कम्पनीको सेयरमा लगानी १ अर्ब १४ करोड ३४ लाख रुपैयाँ थियो । यता, बैंक मौज्दात पनि घटेको छ । बैंक मौज्दात ३४ करोड १२ लाख रुपैयाँबाट झरेर १० करोड ६४ लाख रुपैयाँमा सीमित भएको छ । 

Read More
  • EBL Ad news