भदौ ३०, काठमाडौं । कारोबारमा आएको १०औं कारोबार दिन सानिमा लाइफ इन्स्योरेन्सको शेयरमूल्य ३ दशमलव ४३ प्रतिशत घटेको छ ।
कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ७०० मा कारोबार भइरहेको छ । कम्पनीको शेयर कारोबार आएकै दिनदेखि पोजेटिभ सर्किट लाग्दै आएकोमा आज १०औं दिनमा आएर घटेको हो ।
कम्पनीको शेयरमा खरीदकर्ताभन्दा विक्रेता धेरै भएकाले शेयरमूल्य घटेको हो । बजार खुलेको एक घण्टाको अवधिमा कम्पनीको सर्वाधिक शेयर खरीदविक्री भएको छ । यस अवधिमा रू. ८ करोड ३६ लाख ६२ हजार बराबरको भएको हो ।







