अब विद्युतीय वालेटबाट प्रतिकारोबार ५० हजार र प्रतिमहिना १० लाखसम्म रुपैयाँसम्म कारोबार गर्न पाइने भएको छ । यसअघि विद्युतीय वालेटबाट प्रतिकारोबार २५ हजार र प्रतिमहिना पाँच लाख रुपैयाँमात्रै कारोबार गर्न पाइने व्यवस्था थियो । नेपाल राष्ट्र बैंकले आज (मंगलबार) ‘भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन–२०७८’ जारी गर्दै विद्युुतीय माध्यमबाट हुने रकमान्तर तथा भुक्तानी सीमा बढाएको हो ।
विद्युतीय वालेटमा यसअघि ओभरनाइट २५ हजार रुपैयाँभन्दा धेरै रकम मौज्दात राख्न नपाइने व्यवस्था थियो । अब भने केन्द्रीय बैंकले यो सीमा दोब्बर अर्थात ५० हजार रुपैयाँसम्म पुु¥याइदिएको छ । सो भन्दा बढी रकम भने ग्राहकको बैंक खातामै जम्मा गर्नुपर्नेछ ।