सानिमा लाइफ इन्स्योरेन्सको शेयरमूल्य ९.९९ % ले वृद्धि


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
सानिमा लाइफ इन्स्योरेन्सको शेयरमूल्य ९.९९ % ले वृद्धि

भदौ २८, काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमवार सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा ९ दशमलव ९९ प्रतिशत वृद्धि भएको छ । 

नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा कम्पनीको आईपीओ सूचीकृत भएको सोमवार आठौं कारोबार दिन हो । यो दिन कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ६६१ दशमलव ९० पुगेको हो ।

कम्पनीको शेयरमूल्य कारोबारमा आएको आठौं दिन पनि सर्किट लेबमा वृद्धि भएको हो । कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयरमूल्य बढेको हो । यो समाचा तयार पार्दाको समय ११ : ४० बजेसम्ममा मार्केट डेप्थमा कम्पनीको शेयरमा २ लाख ८ हजार १७० कित्ता खरीद माग रहेको छ भने विक्री माग शून्य रहेको छ । 
 

Read More
  • MBL