बीमा संस्थानले संस्थापकबाटै पूँजी बढाउने, बीमा ऐन पारित भएपछि आईपीओ निष्काशन गर्ने


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
बीमा संस्थानले संस्थापकबाटै पूँजी बढाउने, बीमा ऐन पारित भएपछि आईपीओ निष्काशन गर्ने

राष्ट्रिय बीमा संस्थान (RBS) ले बीमा ऐन पारित भएपछि सर्वसाधारणको लागि आईपीओ निष्काशन गर्ने भएको छ । बीमा ऐन संसदबाट पारित भएर संस्थान कम्पनीमा परिणत भएपछि सर्वसाधारणको लागि आईपीओ निष्काशन गर्ने भएको हो ।


संस्थानका प्रमुख कार्यकारी अधिकृत कवीप्रसाद पाठकले बीमा ऐन पारित भएर कम्पनीमा परिणत भएपछि सर्वसाधारणको लागि आईपीओ निष्काशन गर्ने बताएका हुन् ।

‘संसदबाट बीमा ऐन पारित भएको एक वर्ष भित्र आईपीओ निष्काशन गर्नुपर्छ । त्यस अनुसार हामीले  प्रिमियममा आईपीओ निष्काशन गर्छाैं ।’ उनले भने । संसदबाट बीमा विद्ययेक पारित भएर संस्थान कम्पनीमा परिणत भएपछि भने सर्वसाधारणको लागि आईपीओ निष्काशन गर्ने उनको भनाई छ ।

तत्काल भने संस्थापक शेयरधनीबाट एड्भान्समा पूँजी संकलन गरेर पूँजी बढाउने तयारी भैरहेको उनको भनाई छ ।

बीमा समितिको निर्देशन अनुसार सबै जीवन बीमा कम्पनीहरुले न्युनतम चुक्ता पूँजी २ अर्ब पुर्याउनु पर्नेछ । संस्थानको ऐनमा भने अधिकृत पूँजी ५० करोड रुपैयाँ मात्रै रहेको छ ।

त्यहि भएर अहिले क्यापिटल प्लान बनाएर ३ वटै संस्थापक शेयरधनीहरुलाई पठाएको जानकारी गराउदै उनले त्यसको आधारमा छलफल गरेर अघि बढ्ने बताए ।

‘सरकारसंग छलफल गरेर एड्भान्समा पूँजी संकलन गर्ने कि के गर्ने भन्ने विषयमा छलफल भैरहेको छ ।’ उनले भने, ‘बीमा ऐन पारित भएपछि मात्रै हाल्ने कि के गर्ने भन्ने विषयमा विषयमा पनि कुरा भैरहेको छ ।’

Read More
  • MBL - below news