काठमाडौं । नेपाल पेमेन्ट सोलुसन प्रालि (एनपीएस) ले सिटी एक्सप्रेस मनी ट्रान्स्फरसँग सहकार्य गरेर रेमिट्यान्स वालेट ट्रान्सफरका लागि नयाँ प्लेटफर्म सार्वजनिक गरेको छ ।
यस कार्यका लागि नेपाल पेमेन्ट सोलुसन प्रालिका चिफ एक्सपेरियन्स अफिसर प्रताप श्रेष्ठ र सिटी एक्सप्रेसका चिफ बिजनेश अफिसर श्याम लामिछानेले सम्झौतामा हस्ताक्षर गरेका छन् ।
यो प्लेटफर्मबाट सेवाग्राहीले रेमिट्यान्स क्षेत्रमा आफू अनुकूल जहाँसुकैबाट कुनै पनि समय वालेटमा विद्युतीय रेमिट्यान्स कारोबार गर्न सकिने जनाइएकाे छ ।
यो प्रणालीले सेवाग्राहीलाई डिजिटल रेमिट्यान्सको प्रविधि प्रदान गर्ने र भौतिक रेमिट्यान्सभन्दा धेरै सहज, छिटो र सुरक्षित पनि हुने उल्लेख गरिएकाे छ ।
यो एक कस्टमाइज गरिएको वित्तीय समाधान हो । यसले भौतिक तथा पुरानो रेमिट्यान्स प्रणालीलाई समेत आधुनिक प्रणालीमा जोडिदिने गर्दछ ।
विद्युतीय रेमिट्यान्स कारोबारले पैसा पठाउने र पाउने कार्य एकैसाथ हुने गर्दछ र डिजिटल वालेटको विभिन्न फाइदाहरु पनि उपयोग गर्न पाइनेछ ।
यो प्रणाली सबैका लागि सहज, छिटो र सुरक्षित र सरल किसिमको पैसा पठाउने र पाउने माध्यम भएकाे दाबी एनपीएसकाे छ ।