काठमाडौं । नेपाल राष्ट्र बैंकले कोरोनाबाट अति प्रभावित पर्यटन क्षेत्रका व्यवसायीलाई थप हर्जना वा पेनाल ब्याज नलगाउन निर्देशन दिएको छ ।
केन्द्रीय बैंकले आज एक निर्देशिका जारी गर्दै कोभिड–१९ बाट अति प्रभावित क्षेत्रमध्ये होटल, ट्राभल, टे«ेकिङ र हवाई सेवा जस्ता बाह्य पर्यटकमा निर्भर रहनुपर्ने व्यवसायीलाई परेको असरको मूल्याङ्कन गरिएको जनाएको छ ।
सोही मूल्याङ्कन अनुसार २०७९ असार मसान्तसम्म भुक्तान गर्नुपर्ने साँवा तथा व्याज दायित्वलाई छुट्टै हिसाब राखी दुई वर्षसम्म कम्तीमा चार किस्तामा असुली गर्ने व्यवस्था मिलाउन भनिएको छ । त्यस्तो व्याजलाई पूँजीकरण गर्न नपाइने र थप हर्जनासमेत नलाग्ने व्यवस्था गर्न क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिइएको छ ।