मेगा बैंक र उर्बर नेपाल पुग्दैछन् किसानको आलीमा, कृषकको जीवनस्तरमा अभिवृद्धि हुने


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
मेगा बैंक र उर्बर नेपाल पुग्दैछन् किसानको आलीमा, कृषकको जीवनस्तरमा अभिवृद्धि हुने

मेलम्ची । सिन्धुकोटमा स्थानिय युवा समुहको सक्रियता किसानमाझ मेगा बैंक प्रत्येक्ष रुपमा पुग्न सफल भएको छ । १५० जना युवा सम्मिलित भएर निर्माण भएको उर्बर नेपाल पब्लिक लिमिटेडले किसानको उत्पादनमा वृद्धिसँगै किसानको उत्पादन सिधै उपभोक्ता माझ पुर्याउने उद्देश्यका साथ मध्यबानेश्वर र पेप्सीकोलामा आउटलेट निर्माण गरि व्यापार गरीरहेको छ । राष्ट्रको अर्थतन्त्रलाई आत्म निर्भर बनाउने उद्देश्यका साथ सन्चालन यो कम्पनीको सिन्धुपाल्चोक जिल्ला कोर्डिनेट गरिरहेका किरण रायामाझी, कम्पनी अध्यक्ष सुदर्शन विक्रम कार्की, फाइनान्स डाइरेक्टर डा.निरन्जन रिजाल, उर्बर नेपालका सेयरहोल्डर र मेगा बैंकको प्रतिनिधि किसानको गाउँ, मेलम्चीमा पुगेर निवेदन भरेर आउनु भएको छ ।

Read More
  • MBL - below news