ग्लोबल आईएमई बैंकको रेटिङमा स्तरवृद्धि


  • KBL News Ad
  • ADBL
  • City Express
ग्लोबल आईएमई बैंकको रेटिङमा स्तरवृद्धि

काठमाडौं (अस) । रेटिङ एजेन्सी इक्रा नेपालले ग्लोबल आईएमई बैंकको रेटिङलाई स्तरवृद्धि गरेको छ । इक्रा नेपालले जारीकर्ता रेटिङलाई इक्राएनपी आईआर एबाट इक्राएनपी आईआर ए दिएको हो । हाल विद्यामन ऋणपत्रको रेटिङलाई इक्राएनपी एलएबाट इक्राएनपी एलएमै स्तरवृद्धि गरेको बैंकले जनाएको छ । यो रेटिङले बैंकको आफ्नो वित्तीय तथा आर्थिक दायित्व समयमै पूरा गर्न सक्ने पर्याप्त क्षमता तथा कर्जा जोखिम न्यून रहेको जनाउँछ ।

बैंकको पर्याप्त तरलता तथा पँुजी कोष, कर्जाको गुणस्तर तथा मिश्रण, बृहत् कार्यालय सञ्जाल, स्वस्थ ब्याज आम्दानी तथा आय विवरण, सञ्चालन खर्चमा नियन्त्रण, कुशल जोखिम व्यवस्थापन अभ्यास, बलियो प्रवद्र्धक समूह, अनुभवी बोर्ड तथा व्यवस्थापन नेतृत्व आदि तथ्यको आधारमा रेटिङ स्तर वृद्धि गरिएको बैंकले जनाएको छ । हाल बैंकले २८० शाखा, २५० एटीएम, २५७ शाखारहित बैंकिङ, ४७ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयबाट बैंकिङ सेवा दिँदै आएको छ ।

Read More
  • EBL Ad news