सानिमा लाईफको शेयरमा लगानीकर्ताको आकर्षण उच्च


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
सानिमा लाईफको शेयरमा लगानीकर्ताको आकर्षण उच्च

काठमाडौं । भदौ १७ गतेदेखि धितोपत्र दोस्रो बजारमा कारोबार सुरु भएको सानिमा लाईफ इन्स्योरेन्सको शेयरमूल्य निरन्तर उच्च दरमा बृद्धि भईरहेको छ । पहिलो कारोबार दिनदेखिनै सर्किट लेभलमा मूल्य बढ्दै आएको कम्पनीको चौथो कारोबार दिनमा पनि १० प्रतिशतले मूल्य बृद्धि भई प्रतिकित्ता रू. ४५२ दशमलव २० पुगेको छ । यस दिन कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ४१ दशमलव १० ले बढेको हो ।

कम्पनीको शेयर खरिद चाप उच्च हुँदा मूल्यमा सकारात्मक प्रभाव परेको हो । मंगलवार कम्पनीको शेयर खरिद चाप उच्च रहेको छ । कारोबारको दोस्रो घण्टासम्मको अवधिमा कम्पनीको ५ लाख ४४ हजार ३०८ कित्ता शेयर खरिद माग रहेको छ । विक्री कर्ता भने देखिएका छैनन् । 

Read More
  • MBL - below news