सानिमा लाइफ इन्स्योरेन्सको शेयरमूल्यमा सकारात्मक सर्किट, उच्च खरीद माग


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
सानिमा लाइफ इन्स्योरेन्सको शेयरमूल्यमा सकारात्मक सर्किट, उच्च खरीद माग

भदौ २०, काठमाडौं ।  साताको पहिलो कारोबार दिन आइतवार बजार खुलेको आधा घण्टाको अवधिमा सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । 

कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा ९दशमलव ९७ प्रतिशतले वृद्धि भएको हो । उक्त अवधिसम्ममा कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ३७३ दशमलव ८० पुगेको छ ।

कम्पनीको शेयरमा उच्च खरीद माग भएसँगै सकारात्मक सर्किट लागेको हो । मार्केट डेप्थमा हेर्दा कम्पनीको ६ लाख ७० हजार ८८७ कित्ता शेयर खरीद माग रहेको छ भने विक्री माग शून्य रहेको छ । 

कम्पनीको शेयर गत भदौ १७ गतेदेखि दोस्रो बजारमा कारोबारमा आएको हो । कम्पनीको शेयर २ करोड कित्ता शेयर नेप्सेमा सूचीकृत भएको छ ।
कम्पनीले ६० लाख कित्ता सर्वसाधारणको लागि र संस्थापकतर्फको १ करोड ४० लाख कित्तासमेत गरी कुल २ करोड कित्ता शेयर नेप्सेमा सूचीकृत गराएको हो ।

Read More
  • MBL - below news